नगरप्रमुखद्धारा भलिबल प्रतियोगिताको उद्घाटन

७ प्रदेश खेलकुद समाचार

धनगढी, २५ असोज
विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नं.१३ झलारी गाउमा विहिवार देखि वडास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । धनगढी उपमहनगरपालीका प्रमुख नृप वडले प्रतियोगीता उद्धघाटन गरेका हुन ।
भलीवल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताए । उनले भने,‘खेलकुदले कुनैपनि ब्यक्तिलाई अनुशासित बनाउँछ नगरप्रमुख वडले भने,‘धनगढी उप–महानगरपालीकाले खेलकुदलाई प्राथमिकतामा राखेको छ ।
धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले उप–महानगरपालीकाले निति तथा कार्यक्रममा नै खेलकुदलाई प्राथमिकताका साथ राखेको बताईन । उनले भनिन्‘हरेक खेलकुदका क्षेत्रमा धनगढीको ठूलो उपस्थीति देखिन्छ ।                                            धनगढी उप–महानगरपालीका वडा नं ५ का अध्यक्ष हिरासिंह पालतीले खेलाडीका कारण नेपाल बिश्व जगतमा चिनिन थालेको बताए ।
आगामी २७ गतेसम्म हुने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुष खेलाडी सहभागी छन ।                                    राजपुर स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १९ वडाका १९ टिम र थप १ आयोजक वडा टिम र धनगढी उपमहानगरपालिकाको थप १ टिम गरी ११ टिमले सहभागीता जनाएका छन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार,द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही २ हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष विजयराज जोशीले जानकारी दिए ।