डडेल्धुरा जिल्लामा मुक्त हलिया पुनःस्थापना कार्यक्रमकोे ६० लाख रकम फ्रिज

७ प्रदेश अर्थ समाचार

डडेल्धुरा,। डडेल्धुरा जिल्ला मालपोत कार्यालय डडेल्धुराको लापरवाहीका कारण हलिया परिवारका लागि आएको लाखौँ रुपैयाँ फ्रिज भएको छ ।
सरकारले मुक्त हलिया परिवार पुनःस्थापनाका लागि पठाएको रकम मध्ये डडेल्धुरा जिल्लामा झण्डै ६० लाख रुपियाँ फ्रिज भएको हो । सरकारले हलिया परिवार पुनःस्थापनका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामा पठाएको तर रकम फ्रिज भएको भूमी  वस्था,सहकारी तथा गरिबी निवारण मन्त्राल मुक्त अन्र्तगत हलिया पुनःस्थापना कार्यक्रमका शाखा अधिकृत रेकमान रानाले बताए । ६० लाख रकम फ्रिज गएको छ । बजेट विनियोजन गरी पीडित परिवारले आफूहरुलाई रकम हुँदाहँुदै पनि सहयोग नगरिएको गुनासो गरेका छन् ।

गत आर्थिक बर्ष २०७४÷०७५ मा डडेल्धुरा जिल्लामा १ हजार दुई सय जग्गा खरिदमा २ सय जना घर मर्मतमा ६ सय जना र घर निर्माणमा ४ सय जना रहेका थिए भने उक्त मध्ये १५ जना जमिन खरिद बाफतको रकम फ्रिज गएको छ भने २४ जना बराबरको रकम घर मर्मत तर्फ फ्रिज गएको मुक्त हलियाहरुलाई पुनःस्थापना गर्ने कार्यक्रम ब्यवस्थापन शाखा अधिकृत रानाले बताए ।

डडेल्धुरा जिल्लामा हलिया पुनुस्थपना कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७१÷०७२ देखि ता अर्थिक बर्ष २०७४÷०७५ सम्म १ हजार ४ सय ७२ जना मुक्त हलिया परिवारको पुनस्थापना कार्यक्रमबाट पुनस्थारिएको मन्त्रालयले जनाएको छ । यस्तै डडेल्धुरा जिल्लामा रहेको २ हजार ५ सय ५१ मुक्त हलिया रहेको तथ्याङ्क रहेको जिल्ला हलिया मुक्ती समाज डडेल्धुराले जनाएको छ ।