सुदूरपश्चिम प्रदेशका दर्जनौ शक्तिपीठहरुमा हजारौको संख्यामा पशुबली दिईयो

७ प्रदेश पर्यटन समाचार

अमरगढी(डडेल्धुरा), आसोज ३१ । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिदै आएका दर्जनौ मन्दिरहरुमा महाअष्टमीको अवसर पारेर हजारौ संख्यामा पशुबली दिईएको छ ।

यस्तै डडेल्धुराको उग्रतारा दार्चुलाको लटिनाथमा अवस्थीत लटीबाव जस्ता शक्तिपीठमा लगायत मन्दिर बैतडीको देहिमाण्डौं स्थीत  लासैनी भगवती मन्दिरमा यस्तै डोटीको शैलेश्वरी र बाजुराको बडिमालिका जस्ता शक्तिपीठमा ठूला संख्यामा पशुबली दिईएको र ठूलो मेला लागेको स्थानियले बताएका छन् ।

महाअष्टमी को अवसर पारेर डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा २५ राँगा र ३० बोका दार्चुलाको लाटाबाबामा लगायतका मन्दिरमा  सयौं संख्यामा पशुबली चडाईएको छ । भने यता निङलासैनी भगवती मन्दिरमा बैतडीका ४ सय ५० भन्दा बढी पशुको बलि दिईएको छ ।
मन्दीरमा बुधबार माहाअष्टमीको अवसर पारेर ३ सय ३० राँगा र दुई सय भन्दा बढी बोकाहरुको बली दिईएको निङगलाशैनि मेला  वस्थापन समितीका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको सवै जिल्ला मध्ये बढी बलि दिईने मन्दिरका रुपमा चिनीने निङगलाशैनि बाहेक बैतडीको पाटनमा रहेको उदयदेव मन्दिरमा १५ र बैतडीकै श्रीकोट सिल्लमा रहेको रणशैनि भगवतिको मन्दिरमा २२ वटा राँगा र ३६ वटा बोकाको बली दिईएको छ । डोटीको शैलेश्वरी र बाजुराको बडीमालिका लगायत शक्तिपीठ गरि हजारौ पशुबली दिईएको छ ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिदै आएका दर्जनौ मन्दिरहरुमा महाअष्टमीको अवसर  पशुबली दिईएको छ ।

यस्तै ती शक्तिपीठहरुमा महाअष्टीमीको अवसरपारे र सुदूरपश्चिम प्रदेशको उग्रतारा,शैलेश्वरी,बडीमालीका,डिलाशैनिको निङगलाशैनि र  गोकुलेश्वरको कफलाशैनि भगवतिमा पनि बलि सहित पुजाँपाठ सम्पन्न भएको छ ।

यी शक्तिपीठहरुमा मेला भर्न सुदूरपश्चिम लगायत, सवै जिल्ला र साथै भारतको कुमाउ र गढवाल क्षेत्रबाट पनि हजारौंको संख्यामा दर्शनार्थीहरु मन्दिरमा दर्शन गर्न पुग्ने गर्दछन् । स्थानिय जानकारहरुका अनुसार यी मन्दिरहरुमा महाअष्टमीकै दिन पहिले देखिनै पशुवलि दिने प्रचलन रहेको किम्बदन्ती रहेको छ ।

अष्टमीका दिन शक्तिवर्दनी निङगलाशैनि माताको मन्दिरमा कम्तिमा पनि ६८ प्राणिको वलि दिनुपर्ने भएकाले यो मेलालाई स्थानिय भाषामा अठ्सठ्ी जात पनि भन्ने गरेको जगन्नाथ भजन मण्डलीका अध्यक्ष जनक चन्दले बताए ।

पौराणककी किंवदन्ती अनुसार ७ सय वर्ष पहिले देहिमाण्डौं साविकको गाविसको वडा नं.६ स्थित जंगलको एक भागमा निंगालोको वोट संगै रहेको एक सिलामाथि आफ्नो गाईले दुध खसालेको देखेर स्थानिय स्तरमा बसोबार गर्ने बोहरा थरकी  श्रीमतीले निगालोको वोटमा हसिंया बजारेकी र रगत बगेपछि भगवती उत्पन्न भएको विश्वास गरिन्छ ।

स्थानियका अनुसार निंगालोवाट उत्पन्न भएको हुनाले यहाँं उत्पन्न महांशक्तिलाई निङलासैनी भगवतीको रुपमा पुज्ने गरिन्छ । पहिले देखिनै बोहराकी श्रीमती अर्थात(सुदूरपश्चिमको स्थानीय भाषमा ) रजवार्नीले निंगालोको बोटमाथि हंसिया प्रहार गरेकी हुनाले रजवार्नीहरुलाई मन्दिर जान, मन्दिरमा लाग्ने मेला वा जात्रा हेर्न एवं माता निङलाशैनीको टीका प्रसाद ग्रहण गर्नमा रोक लगाईएको थियो । समयको अन्तराल केही फेरीएपनि उनिहरुमाथि लगाएको यो बन्देज अझै सम्म पनि कायमै रहेको छ ।

निङलासैनी भगवतीको मन्दिरमा प्रत्येक संक्रान्ती र पूणिर्माका दिन शाक्रांत विधिबाट नियमित पुजा चढाईन्छ भने हरेक वर्ष ४ पटक मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । अरु मन्दिरहरुमा मेला शान्तिपुर्वक सम्पन्न भएपनि देहिमाण्डौको निङगलाशैनि भगवतीको मन्दिरमा चढाएका रागाँहरुको भाकल अनुसार निश्चित ठाँउमा बली दिईने मेला व्यवस्थापन समितीले जनाएपनि त्यो भने कार्यान्वयनमा नल्याएको पाईएको छ ।

यस्तै बैतडीलगायत सुदूरपश्चिमको डडेल्धुरामा अवस्थीत उग्रतारा, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिका र दार्चुलाको लटिनाथमा अवस्थीत लटीबाव जस्ता शक्ति पीठमा ठूलो मेला लागेको स्थानियले बताएका छन् ।

 

 

                       डडेल्धुरा जिल्लाको प्रशिद्ध उग्रतारा मन्दिरमा दिईएको पशुवली ः तस्बीर करन ताम्राकार डडेल्धुरा ।