दुई जना फरार अभियुक्त पक्राउ

७ प्रदेश समाचार

डडेल्धुरा,१६ कार्तिक । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुई जना फरार अभियुक्त पक्राउ गरेको छ ।

डडेल्धुरा जिल्ला अदालतबाट २०७३ बैशाख १८ गते बहु बिवाहित जोडी दुवै जनालाई दुई बर्ष कैद र १०÷१० हजार जरिवना तोकीका फरार अभियुक्तलाई आलिताल गाउँपालिका १ का विक्रम बोगटी र शुशिला बोगटीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ गरि कैद भुक्तानकालागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
यस्तै डडेल्धुरा जिल्लामा विभिन्न अभियोमा फरार रहेको अभियुक्तको पक्राउ गरि कैद भुक्तानकालागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गोप्य अभियान संचानलल गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।