डडेल्धुराका बजारमा तिहारको मुखमा कृतिम फुलमाला भित्रिदै

७ प्रदेश अर्थ समाचार

डडेल्धुरा, २० कार्तिक । तिहार नजिकिदै गर्दा डडेल्धुराका बजार प्लास्टिकका फुलमालाले भरिएका छन् । डडेल्धुरामा फुल उत्पादन कमी हुँदा स्थानीयले कृतिम फुलको भरपर्नु परेको हो ।
‘नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौ । यहाँ फुल उत्पादन हुँदैन । बाहिरबाट ल्याउँदा महङ्गो पर्छ’, सदरमुकाम बागबजारका व्यापारी वेद प्रकास भट्टले भने अर्को वर्ष पनि बिक्रि गर्न सकिने भएकाले यसको माग बढेको हो ।’
आर्थिक रुपमा पनि सस्तो पर्ने भएकाले कृतिम फुलमालामा स्थानीयको आकर्षण बढेको उनले बताइन् ।
एउटा मालाको मूल्य १० देखि एक सय १५० सम्म रहेको उनले बताइन् । प्राकृतिक फुल प्रति मानिसको लगाव भएपनि बिक्री तथा दुवानीमा समस्या हुने स्थानीय व्यापारी बताउँछन् ।
लागि सहज नहुँदा समयस्या भएको व्यापारे बताउन्छन् । प्राकृतिक फुल छिटै बिग्रने र व्यापारमा घाटा लाग्ने भएकाले कृतिम फुलमाला बेच्नुपरेको व्यापारीहरु बताउँछन् ।
डडेल्धुरा जिल्लामा प्रयाप्त रुपमा फुलको ब्यवसायीक उत्पादन नहुदा कृतिम फुलका मालाहरु हरेका बर्ष लाखौैंको मुल्यमा विक्रि हुने ब्यपारीको भनाई छ ।

फोटोक्याप्सन ः डडेल्धुरा सदरमुकाम बागबजारमा कृतिम फुलका माला बिक्रिकालागि राखिएका तस्बीर ः करन ताम्राकार डडेल्धुरा ।