डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपलिकामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

७ प्रदेश समाचार

 

डडेल्धुरा,मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका ,४ ढिमौलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार बिहान भागेश्वर गाउँपालिकोबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउापालिका ,४ ढिमौलामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । भने १५ जना घाई्रते भएका छन् ।


मृत्यु हुनेमा भागेश्वर गाउँपालिका,२ का २७ वर्षीय धर्मसिंह मडै र सोही गाउँपालिका,३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नबिन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीया गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मीला अवस्थी रहेका छन् । थप घाइतेको परिचय खुल्न बाँकी छ ।