राष्ट्रिय परिचय पत्र सुदूरपश्चिम प्रदेशमा पनि सुरु गरिने

७ प्रदेश समाचार

धनगढी,२८ मंसिर । सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय परिचय पत्र कार्यक्रम सुरु हुने भएको छ ।
राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आयेजना गरि सुदूरपश्चिमकाको धनगढीमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले सुदूरपश्चिम प्रदेशमा २०७५ साल माघ महिनाबाट विवरण संकलन गरिने र असार सम्म परिचय पत्र वितरण गरि सक्ने बताए ।
सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा उक्त कार्यक्रम लागु हुने बताए । कञ्चनपुर जिल्ला र अछाम जिल्लामा कार्यक्रम लागु गरिने उनले बताए । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार थप १५ जिल्ला अनुसार सुदूरपश्चिम प्रदेशको पनि दुई जिल्लामा विवरण संकलन गर्ने काम लगत्तै तयारी रहेको बताए ।
‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको १ लाख १७ हजार नगरिकलाई परिचय पत्र हस्तान्तरण गर्ने गरि हामी छपाइ र वितरणको काम गर्दर्छौं ।’त्यसअनुसार सुदूरपश्चिम प्रदेशमापनि व्यवस्थापन चाडै अगाढी बढाईने जोशीले बताए ।
‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ । परीक्षणको काम सकाएर हस्तान्तरण हस्तान्तरण गरिएको छ ।
केन्द्रका कम्प्युटर इञ्जिनियर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताए ।
‘परिचय पत्रमा पछि समस्या नआओस् भन्नका लागि परीक्षण गरेका थियौं, तर केही समस्या आएको हुनाले त्यसलाई अहिले हटाउने काम भइरहेको छ,’ उनले भने । २०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो ।
सरकारले मंसिर ३ गते देखि पाँचथरकी १ सय १ बर्षिय भगवती देवी भण्डारीलाई पहिलो परिचय वितरणको सुरुवाद गरेको छ । पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको बताए । उनका अनुसार अहिलेसम्म पाँचथरमा २२ हजार र सिंहदरबारमा तीन हजार नामावली सङ्कलन गरिएको छ । पाँचथरमा पाँच स्थानीय तहका नामावली सङ्कलन काम बाँकी छ ।
कम्प्युटर इञ्जिनियर बोहराका अनुसार १० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पतिरपप्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गरिने छ ।
सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो। सूचना अधिकारी जोशीले परिचयपत्र विवरण गर्न अहिले एक लाख १७ हजार परिचयपत्र आइसकेको बताए । केन्द्रले नागरिकको लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा छापिएर बाँडिने छ ।
यसवर्ष थप १५ जिल्लामा पनि वितरण गरिने ।
यसैगरी सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । गृहमन्त्रालयमा मन्त्रिस्तरीय निर्णय गर्दै थप १५ जिल्लामा यसवर्ष राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरिएको केन्द्रका सूचना अधिकारी जोशीले बताए ।
उनका अनुसार प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुरमा लागू हुनेछ ।
राष्ट्रिय परिचयपत्र संवंद्यानिक परिचयपत्र बन्ने सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री ः शाह
नेपाल सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह बताए । मन्त्री शाहाले यो परिक्षणको रुपमा भएपनि यो परिचय पत्रले नेपालको जनसंख्या एक अर्ब भएपनि धान्ने खालको रहेको बताए । परिचय पत्रले जोखिम न्यूननीकरण,अपराध नियन्त्रण गर्ने कुराहरुमा सघाउने,झुटा विवरण,कर छली,भन्सार छलि जस्ता ब्यक्तिगत विरणका कुराहरुमा सैबै विवरण सिमेटिने भएकाले यो परिचयपत्र नयाँ युगको सुरुवाद भएको यो महत्वपूर्ण परिचयपत्र हुने मन्त्री शाहले बताए ।
यस्तै कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रदेश संसदहरु अछाम जिल्लाका संसदहरु लगायत सबैै मन्त्रालयको सचिव र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।