अजयमेरु गाउँपालिका गर्यो मोबाइल एप सुरु

७ प्रदेश समाचार

डडेल्धुरा। डडेल्धुराको अजयमेरू गाउँपालिकाले पालिकावासी तथा जो कोहीलाई अब हत्केलाबाटै सम्पूर्ण जानकारी गराउने भएको छ । सूचना प्रविधिको विकाससँगै गाउँपालिकाले मोबाइल एप सार्वजनिक गर्दै अब गाउँपालिका हत्केलामा बनाएको छ ।
चालु आर्थिक वर्षमा सूचना, सञ्चार र प्रविधिमा उल्लेखनीय फड्को मार्ने लक्ष्यका साथ गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा, योजना आयोजनासँगै गाउँपालिकाबारे समपूर्ण जानकारीसहितको मोबाइल एप सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
विहीवार मोबाइल एप्सको औपचारिक गुगल प्लेबाट एप डाउनलोड गरी सुचारु गर्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) सूचनाको हक मौलिक अधिकारका रूपमा रहेकाले सबै गाउँपालिका वासीलाई सहजै जानकारी गराई गाउँपालिकामा सशासन कायमसँगै देश विदेशमा रहेकाहरूलाई पनि गाउँपालिकाबारे सजिलै जानकारी गराउन मोबाइल एप सञ्चालनमा ल्याइएको बताए ।
उनले भने, घर घरमा अजयमेरू सरकारको सेवा भन्ने गाउँपालिकाको मुख्य नाराअनुसार आफ्नो हत्केलामा सम्पूर्ण जानकारी गराउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिमा हुने कार्यक्रमलगायत गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधाहरूबारे पनि आवश्यक कागजातसँगै सम्पूर्णको जानकारी एपमा राखिएकाले पालिकावासीहरूले एपबाटै सजिलै जानकारी पाउने गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) ले बताइन्। वर्तमान युग सूचना, सञ्चार प्रविधिको युग भएकाले यसबाट भाग्न नसकिने भएकाले गाउँपालिकाले समय अनुसारको सेवा प्रवाह गर्ने कार्यकारी अधिकृत खेमराज पौडेलले बताए । ‘प्रविधिसँग भाग्दै गएपछि परिन्छ ।’
उनले भने, ‘यस कारण गाउँपालिका समयानुसार प्रविधिलाई अंगाल्दै अघि बढ्दै छ । गाउँपालिकावासीलाई प्रत्यक्ष रूपमा कार्यालयसँग जोड्न मोबाइल एप सञ्चालनमा ल्याइएको सूचना प्रविधि अधिकारी योगेश पन्तले बताए । एपमा कार्यालयका वार्षिक योजनासँगै काम सम्पन्नको विवरण र कार्यालयले दिने सेवा सुविधाका बारेमा आवश्यक कागज पत्र, शुल्क, शाखाको पनि जानकारी राखिएकाले सेवाग्राहीलाई निकै फाइदा पुग्ने उनको ठम्याइ छ । ‘अहिले मोबाइल एप सञ्चालनमा ल्याउन डडेल्धुरामा पहिलो स्थानीय तह अजयमेरू बनेको छ ।’
उनले भने, पर्यटकीय र प्रोफाइ बन्ने क्रममा भएकाले केही दिनमै पर्यटकीय क्षेत्रसँगै गाउँपालिकाको प्रोफाइल मोबाइल एपमा सजिलै हेर्न पाइनेछ ।’
सुदूरपश्चिम प्रदेशको पहिलो ईहाजिरी संचालन गाउँपालिका समेत भएको थियो ।
फोटोक्याप्सन ः अजयमेरु गाउपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकास ।