संमवेदना दिन घरमै पुगे मुख्यमन्त्री भट्ट

७ प्रदेश समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पितृ शाेकमा रहेका नेकपाका नेता खगराज भट्टको घरमै समबेदना दिन पुगेका छन् । शुक्रबार बिहान ८३ वर्षको उमेरमा निधन भएकाे भट्टको दाहसंस्कारको दिन दिउँसो उनी अजयमेरु गाउँपालिका ४ चौणी पुगेका हुन् ।

चौणी पुगेर मुख्यमन्त्री भट्टले स्वर्गिय भट्टको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गरे । मुख्यमन्त्री भट्टसँगै बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकास भट्ट पनि पुगेका थिए ।

तस्बीर पत्रकार मिलन  परियार ।