चाउमिन खाएर मृत्यु भएका बालकको शव उठेन, दोषीलाई कारबाही गर्न माग

७ प्रदेश Uncategorized समाचार

कञ्चनपुर । चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन । बालकको शव पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । उनीहरुको अझै पोस्टमार्टम भएको छैन ।

मृतक बालकका छिमेकी तथा आफन्तले अस्पतालमा प्रदर्शन गरिरहेका छन् । दोषी उपर कारबाहीको सुनिश्चिता नहुन्जेलसम्म शव नबुझ्ने उनीहरुले जिकिर गरिरहेका छन् । मृतकका छिमेकी एव विद्यार्थी नेता केशव साउदले प्रहरीले घटना ढाकछेप गर्न खोजेको आरोप लगाउँदै दोषीलाई उन्मुक्तिदिने खेल भएको बताए ।

मृतक बालककी छिमेकी एव महिला अगुवा नन्दादेवी जोशीले जेठी आमा र जेठा बाबुप्रति स्थानीय गाउँलेले शंका गरेको बताईन् । जोशीका अनुसार ठुलबाबुको घरबाट प्रहरीले विषालु पर्दाथ समेत फेला परेको छ ।

स्थानीय गाउँलेको दवावपछि प्रहरीले मृतक बालकका ठुलबाबु लछी र ठुलीआमा सिता सुनारलाई शनिबार साँझ झलारी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङगबाट अनुसन्धान भईरहेको बताए । उनीहरुको पोस्टमार्टम रिर्पोटबाट समेत केही तथ्य खुल्ने प्रवक्ता ओझाले बताए ।